Uncategorized

नेप्सेको वेबसाइटमा त्रुटी, लगानीकर्ता अन्योलमा

२० कात्तिक, काठमाडौं । सेयर कारोबारमा अनलाइन प्रणाली शुरु भएकै दिन नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा भएको समस्याका कारण तिहार अघिको अन्तिम कारोबार अर्थात मंगलबारको कारोबारमा के-कति रुपैयाँको कारोबार भयो भन्ने देखिएको छैन ।

कारोबार रकम र नेप्से परिसूचकनै प्रष्ट नहुँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् । अनलाईन कारोबार आजैबाट शुरु भएका कारण डाटा सार्ने क्रममा केहि प्राविधिक समस्या देखिएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए ।

वेबसाइटमा देखिएको समस्या समाधानका लागि नेप्सेको प्राविधिक टोलि खटिरहेको भन्दै सीईओ साउदले मंगलबार -आज) साझसम्ममा समस्या समाधान हुने बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने साइकल कुदाउनेलाई मोटरसाइकल दिए जस्तो भएको प्रतिक्रिया दिएका छन् ।

‘साइकल कुदाइरहेको मान्छेलाई मोटरसाइकल दिदा कुदाउन समस्या भएको जस्तै हो’ अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष पौडेलले भने, ‘साइकलमा केहि हुँदैन तर मोटरसाइकलमा गियर, क्लज पत्ता लगाउन समस्या हुन्छ हो त्यस्तै भएको हो ।’

उनले आज समस्या देखिए पनि चाडै यो समस्या समाधान हुने विस्वास गरे । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि मंगलबारको कारोबारबारे जानकारी वेबसाइटमा नदेखिदा लगानीकर्तामा अन्योलता परेको बताइन ।

नयाँ अभ्यास भएका कारण यस्तो समस्या देखिएको भन्दै उनले चाडै समस्या समाधान हुनेमा विस्वस्त रहेको बताइन । मंगलबारदेखि अनलाइन कारोबार शुरु भएको भए पनि चेक राफसाफ गर्न ब्रोकर अफिस धाउनु पर्ने बाध्यता भने नहटेको उनले बताईन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *