Uncategorized

आश्माको फिल्मी चाहना

आश्मा विश्वकर्मालाई युटुबमा सर्वाधिक रुचाइएको छ । द कार्टुन क्रु कि सदस्य समेत रहेकी आश्माको डान्सको फ्यान त विश्वभर नै छन् । उनले अभिनय गरेका गीतको भिडियोलाई लाखौ भ्यूज मिल्ने गरेको छ । आश्मा म्यूजिक भिडियोसँगै वेव सिरिजमा पनि रमाउने गर्छिन् ।

तर, आश्माले अहिलेसम्म आफूलाई चलचित्रको दुनियाँमा प्रवेश गराउन पाएकी छैनन् । आश्मालाई चलचित्रमा काम गर्ने रुची त छ, तर भनेजस्तो कथा नआएकाले काम नगरेको तर्क उनले गरिन् ।

आश्माका लागि नेपाली चलचित्रका निर्माताले अफर नगरेका होइनन् । तर, आश्मा चलचित्र खेल्नका लागि सबै कुरा मिल्नुपर्ने बताउँछिन् ।
आश्माको डान्सको फ्यानहरुले उनलाई चलचित्रमा पनि हेर्न चाहेका छन् ।

यो भाइटिकामा राजेश हमाललाई टिका लगाइदिने चाहना राखेकी आश्मा सोचे जस्तो कथा आएको खण्डमा चलचित्रमा आउने बताउँछिन् ।

तस्वीरः शंकर गिरी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *