Uncategorized

बाजुरामा भेटिए कालाजार बिरामी

२० कात्तिक, बाजुरा । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् ।

उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताए ।

कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ ।

पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *