Uncategorized

भरतपुरमा गणेशधाम निर्माण गर्न महायज्ञ गरिने, २० करोड उठाउने लक्ष्य

१९, कात्तिक, चितवन । भरतपुर महानगरपालिका-११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ ।

‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । मन्दिर क्षेत्रको सम्वर्द्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काम भैरहेको छ । करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ ।

‘मंसिरसम्म सबै डीपीआरको काम सकेर फेजवाइज निर्माणको चरणमा जाने छौं’ अध्यक्ष चुकेले भने, महायज्ञबाट उठने २० करोड, अन्य दाताहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा देशकै नमूना धामका रुपका विकास गछौं ।’

डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ विगाहा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ विगाहामा तलाउ निर्माण गरिने छ ।

डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । चितवन २ का प्रदेश सांसद विजय सुवेदीले गणेशधाम चितवनको प्रतिष्ठासँग जोडिएकाले केही वर्षभित्रै निर्माण सम्पन्न गरिने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *