Uncategorized

वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

१९ कात्तिक, काठमाडौं । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको साेमबार अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

हेर्नुहोस् शवयात्रा

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *