Uncategorized

सिन्धुपाल्चोकमा आगलागी, घर जल्दा १ जनाको मृत्यु

१९ कात्तिक, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।

जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए ।

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *