Uncategorized

रुनी दुई वर्षपछि फर्किए इंग्ल्याण्डको राष्ट्रिय टिममा

१८ कात्तिक, काठमाडौं । इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता वायन रुनी झण्डै दुई वर्षपछि राष्ट्रिय टिममा परेका छन् ।

अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिन लागेका रुनीलाई अर्को महिना अमेरिकाविरुद्ध हुने खेलका लागि टिममा राखिएको हो ।

३३ वर्षका रुनीले २००३ देखि २०१६ सम्मको १ सय १९ खेलमा इंग्ल्याण्ड राष्ट्रिय टिमबाट कीर्तिमानी ५३ गोल गरेका छन् । नोभेम्बर २०१६ मा स्कटल्याण्डलाई ३-० ले हराएको खेलपछि उनी राष्ट्रिय टिममा थिएनन् ।

अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ‘वायन रुनी फाउण्डेसन’का लागि रकम संकलन पनि गरिने छ ।

म्यानचेस्टर युनाइटेड र इभर्टनका पूर्व खेलाडी रुनी अहिले अमेरिकामा नै व्यवसायिक क्लब फुटबलमा आबद्ध छन् । गएको जुलाईमा डीसी युनाइटेड गएपछि उनले क्लबका लागि १२ गोल गरिसकेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *