Uncategorized

चितवन टाइसर्ग बन्यो च्याम्पियन

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।

नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा बुधबार सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित गर्यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामु सशस्त्र कमजोर देखियो । उपाधिसँगै चितवनले छ लाख पाएको छ भने एपिएफले तीन लाखमा चित्त बुझाएको छ ।

प्रतियोगितामा चितवन टाइगर्सकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट हुँदै अरुणाले एक थान स्कुटर र ५० हजार प्राप्त गरिन् । यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपिएफले न्यू डायमण्डलाई हराएर फाइनल पुगेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *