Uncategorized

रियल मड्रिडलाई हराएर बढी आत्मविश्वासी भएछौं – स्वारेज

१८ कात्तिक, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले ला लिगामा रियल मडि्रडलाई हराएर बढी नै आत्मविश्वासी हुँदा आफूहरुको खेल रायो भालेकानोसँगको खेल राम्रो नभएको बताएका छन् ।

गएको हप्ता रियल मडि्रडलाई ५-१ ले हराउँदा हृयाटि्रक गरेका स्वारेजले शनिबार राति भालेकानोलाई ३-२ ले हराउँदा पनि दुई गोल गरे । तर, उनी टिमको समग्र प्रदर्शनसँगै आˆनो प्रदर्शन पनि राम्रो नभएको बताउँछन् ।

११ औं मिनेटमा स्वारेजकै गोलले अग्रता लिएको बार्सिलोना ३५ औं मिनेटमा पोजोले गाले फर्काउँदा बराबरीमा पुगेको थियो । दुवै टिमबाट केही राम्रा अवसरमा गोल हुन नसकिरहेको बेला ५७ औं मिनेटमा भालेकानोका ग्रासियाले गोल गरेर अग्रता दिलाए ।

बार्सिलोनाको हार निश्चित जस्तो भइसक्दा ८७ औं मिनेटमा डेम्बेले र ९० औं मिनेटमा स्वारेजले गोल गर्दै जित दिलाएका थिए ।

‘हामी बढी नै आत्मविश्वासी हुँदा हारनजिक पुगिसकेका थियौं । मैले बुझेको छु, हाम्रो त्यस्तो खेलले प्रशिक्षकदेखि कोही पनि खुसी छैनन् । यस्ता खेलले त हामी सधैं पछाडि पर्ने छौं’ उनले भने, ‘हुन त महत्वपूर्ण कुरा हामीले खेल जित्यौं । तर, यो खेलको विश्लेषण राम्ररी गरिनु आवश्यक छ ।’

प्रशिक्षक एर्नेस्टो भालभर्देले भने खेलपछि स्वारेजको तारिफ गरेका थिए । ‘उनले आफ्नो क्षमताले भ्याउनेसम्म गरिनै रहेका छन् । यो सिजन उनको खेल पहिले भन्दा राम्रो छ । हामीलाई उनको आवश्यकता अझै छ’ उनले भने ।

ला लिगामा ११ खेलमा ७ मा जित, ३ बराबरी र १ हार भएको बार्सिलोना २४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा २० अंकसहित एथ्लेटिको मडि्रड छ भने एक खेल कम खेलेको अलाभेस २० अंकसहित नै तेस्रो स्थानमा छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *