Uncategorized

तिहार र मिठाईको कुराः स्वास्थ्यका खातिर यसरी चलाखी गर्ने कि ? 

तिहार भन्नसाथ तपाईंको मुखमा पानी आउन सक्छ, सेलरोटी सम्झेर । हो त, तिहार र सेलरोटी एकअर्काको पर्याय जस्तै । जब तिहारको सम्झना हुन्छ, सेलरोटीको तलतल लाग्छ । जब सेलरोटी देख्छौं, तिहारको झल्को आउँछ ।

त्यसो त तिहार ‘मिठाई’को पर्व हो । जसरी दशैं मासुको पर्व हो । माघे संक्रान्ति कन्दमलुको पर्व हो । असार पन्ध्र दही चिउराको पर्व हो ।

तिहारको अनेक विशेषतामध्ये मिठाई पनि एक हो । यो झिलिमिली पर्वमा मिठाइजन्य परिकार बनाएर खाने/ख्वाउने गरिन्छ ।

तर, मिठाईको कुरा गर्दा जति हाम्रो जिब्रोमा पानी आउँछ, उत्तिनै मनमा अज्ञात भयले ढ्याङ्ग्रो पनि ठोक्छ । किनभने हामीमध्ये कतिलाई मधुमेह अर्थात डाइबिटिजले गाँजिसकेको छ । कतिलाई ‘मधुमेह होला कि’ भन्ने डर छ ।

अब के गर्ने त ?

मिठाई नखाऔं त, मन मान्दैन । खाउँ न त भन्दा पनि स्वास्थ्यमा समस्या होला कि भन्न डर ।

मिठाईको डर

विशेषगरी, मधुमेह, उच्च कोलेस्ट्रोल लगायतका समस्याबाट पिडित विरामीहरुलाई यस्ता खानेकुराले अझ बढी असर गर्ने हुदाँ उनीहरुले विशेष साबधानी अपनाउन त जरुरी नै छ । साथै , विशेष प्रकारको डाइट चार्ट फलो गरिरहेका व्यक्तिलाई समेत यस्ता खानेकुराले असर गर्न सक्ने हुँदा तिहारमा फिट रहन तथा खानपानकै कारण स्वास्थ्यमा कुनै समस्या आउन नदिनका लागि खानपानमा विशेष सजगता अपनाउन जरुरी छ ।

यसो गरे कसो होला

तिहारमा सेलरोटी, फिनी, अनर्सा लगायतका परिकार खाइन्छ, त्यो पनि घरमै बनाएर । घरमा बनाएको खानेकुरा त्यती अस्वस्थ्यकर हुने कुरा त भएन । तर, मिठाइजन्य कुरा बनाउन मैदा, चिनी, तेलको अत्याधिक प्रयोग गरिन्छ, जो स्वास्थ्यले ठिक मान्दैन ।

किनकी यस्ता मिठाईले तौल बढाउनुका साथै रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढउँछ । साथै, कलेजोमा बोसोको मात्रा समेत बढाउँछ ।

त्यसैले, मिठाई लगायतका पकवान सेवन गर्दा थोरै चलाखी अपाउन सकिन्छ । यस्ता मिठाई खानुअघि सलाद, फलफूल वा पानी पर्याप्त सेवन गर्ने । पेट भरिएपछि खानेकुरामा खासै आशक्ति हुन्दैन । मिठाई पनि नियन्त्रित मात्रामा खाइन्छ । यसले खास असर गर्ने कुरा भएन

त्यस्तै, यस्ता परिकार सेवन गर्दा गुड तथा ड्राई फु्ट्सबाट बनेका परिकारलाई प्राथमिकतामा राख्नु पर्छ । किनकी ज्यादा मिठाईको सेवनले पनि कलेजोलाई असर गर्न सक्दछ ।

सानो प्लेटको प्रयोग

खानामा कटौती गर्ने सबैभन्दा राम्रो उपाय भनेकै सानो आकारको प्लेटको छनोट हो । किनकी प्लेट जति सानो भयो, उक्त प्लेटमा खाना पनि त्यति नै थोरै हालिन्छ ।

प्रशस्त मात्रामा पानीको सेवन

शरीरलाई हाइड्रेटेड राख्नका लागि प्रशस्त मात्रामा पानीको सेवन जरुरी छ । र, शरीरमा पानीको पुर्तिका लागि ताजा फलफलु तथा नरिवल पानीको उपयोग गर्न सकिन्छ । काँक्रो, खरबुजाको सेवनले पनि शरीरमा पानीको स्तरलाई कायम राख्न सकिन्छ ।

अझ पानीमा कागती तथा पुदिना मिसाएर खाएमा यसले शरीरलाई ठन्डा राख्न मद्दत गर्छ ।

स्वस्थकर उपहारको छनोट

तिहार वा भाईटिकाको अवसरमा  माइतीले दिदीबहिनी तथा दिदीबहिनीले दाजुभाईलाई विशेष उपहार दिने गरिन्छ । र, यस्ता उपहार प्रदान गर्दा स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ । त्यसैले, तिहारमा दाजुभाईलाई यस्तो उपहार दिनुपर्छ, जो उनीहरुको स्वास्थ्यका लागि लाभदायक होस् ।

सामान किन्न पैदल हिड्ने

तिहारमा किनबेच धेरै हुन्छ । कुनै पनि सामान किनबेच गर्दा पैदल हिड्नु उचित हुन्छ । पैदल हिड्नाले शरीर स्वस्थ रहनुका साथै वातावरण पनि स्वच्छ हुन्छ । त्यतिमात्र हैन, यसले चाडवाडका कारण शरीरमा जम्मा भएको अतिरिक्त क्यालोरी वर्न गर्न समेत सहायता प्रदान गर्छ ।

नुनिलो तथा गुलियो खानेकुरा कम खाने

दशै, तिहार लगायतका चाडपर्वमा विभिन्न परिकारको सेवनले मोटोपना, उच्च कोलेस्ट्रोल लगायत स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउन सक्छ । यस्ता समस्याबाट बच्नका लागि पनि चिनीबाट बनेका परिकारलाई कम गर्नुका साथै नुनिलो खानेकुरा खानबाट जोगिन आवश्यक छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *