Uncategorized

रोग पहिचान नभएपछि मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

१६ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।

२ वर्षदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईले स्वदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् ।

उनले थाइल्याण्डको राजधानी बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउनेछन् ।

त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रदेश १ सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जान स्वीकृत गरेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *