Uncategorized

विष्णुको हत्या गरेको आरोपमा ५ जना पक्राउ

१६ कात्तिक, नवलपरासी । कावासोती नगरपालिका-१६ चोरमाराका २३ वर्षीया बिष्णु थापाको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

कुटपिट गरी बिष्णुको हत्या गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका-१४ का २१ वर्षीय सुदिप क्षेत्रीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अन्यको भने नाम सार्वजनिक गरिएको छैन ।

सुदिपको समूहबाट कुटिएका बिष्णुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *