Uncategorized

निर्माणाधीन आयोजनामा एक खर्बको स्वदेशी पुँजी, थप हजार मेगावाटका लागि आधार तयारः कुलमान

१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राकिरण अन्तरगत रहेका सहायक कम्पनीले आफ्ना निर्माणाधीन आयोजनाहरुमा १ खर्बको स्वदेशी पुँजी जुटाउने भएका छन् । करिब ७ सय २६ मेगावाटका परियोजनाहरुमा स्वदेशबाटै १ खर्बको पुँजी सुनिश्चित भएर आयोजनाहरु धमाधम बनिरहेका छन् ।

प्राधिकरणका स्टिमर कम्पनीहरुले बनाइरहेका आयोजनामा सर्वसाधारणको सेयर मात्रै १८ अर्ब रुपैयाँको हुनेछ । बाँकी स्रोत भने आन्तरिक रुपमा व्यवस्था गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तामाकोसीमा मात्रै सर्वसाधारणले १० अर्ब लगानी गर्दैछन् । यस्तै चिलिमअन्तरगतका ४ आयोजनामा ८ अर्ब बराबरको लगानी सर्वसाधारणले सेयरमार्फत नै गर्नेछन् ।

‘हामी यी निर्माणधीन सबै आयोजनाको सेयर वितरणलाई तीव्र बनाइरहेका छौं,’ उनले भने,’यसै वर्ष सबै सेयर बाँड्न सकिन्छ ।’ उनले एक खर्बको स्वदेशी लगानीमा बन्ने आयोजनाहरुले अर्को १ हजार मेगावाटको परियोजना बनाउने आत्मबल दिने बताए ।

२० मेगावाटको चिलिमले २७० मेगावाटको अरु आयोजना बन्ने आधार बनाएको भन्दै उनले अब तामाकोसी बनेपछि स्वदेशी पुँजीबाट बन्ने आयोजनाको प्रवर्द्धन अझै सहज हुने तर्क गरे ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले हाल १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना, १४. ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२. ५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत आयोजना बनाउँदैछ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि प्राधिकरणकै अन्तरगत सहायक कम्पनीले बनाउँदैछ ।

एउटा आयोजना बनेपछि त्यसले पुँजी परिचाललमा आधारहरु तयार गर्ने भएकाले अहिले निर्माणधीन आयोजनाहरु निकै महत्वपूर्ण रहेको बताए । यी आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, सर्वसाधारण, आयोजना क्षेत्रका प्रभावित स्थानीयको लगानी छ ।

अब यस्ता आयोजनाहरु स्वदेृशी पुँजी जुटाएर बनाउन सकिनेमा सरकार विश्वस्त भएकाले ऊर्जामन्त्री वर्षमान पुनले ३ हजार मेगावाटको आयोजना जनताकै लगानीमा निर्माण गर्ने घोषणा गरेका छन् । यस्ता आयोजनाहरु छनोट भएर अहिले विकासका चरणमा छन् ।

तामाकोसही ५, अपर अरुण, दूधकोसी लगायतका आयोेजनामा प्राधिकरणले जनताकै लगानी ल्याउनेछ । यि आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार भएर टेण्डरको प्रक्रियामा छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *