Uncategorized

यसरी चल्यो भाइटीका – onlinedarpan:

[ad_1]

परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन्। त्यसैले यमुनाले निम्ता दिएर दाजुलार्इ बोलाइन्, त्यो बेलामा यमपञ्चक परेको थियो। यमराज यमपञ्चकभर यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीका शुरु भएको विश्वास छ ।

भाइटीकालाई दाजुभाइसँग भेटघाट हुने, बिग्रेको सम्बन्ध सुधार गरी अझ दीगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनीले दाजुभाइलाई अघिल्लै दिन भाइटीकाको निम्ता दिने चलन छ । भाइटीकाका दिन टीका नलाई केही खान नहुने परम्परा छ ।

भाइटीकाको पूजाविधि

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्ने चलन छ । यमराज, हनुमान्,विभिषण र परशुराम अष्ट चिरञ्जीवीमा पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो, सयपत्रीको माला, रोटी अन्य परिकार चाहिन्छ ।

भाइटीकाको पूजा गर्दा सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ।

पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ।

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिएको हुन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिने पनि परम्परा छ । यसले आयु बढाउने विश्वास छ भने राष्ट्रियता समते झल्काउँछ।

दाजुभाइले दिदिबहिनीलार्इ मिठामिठा परिकार खुवाउने, दाजुभाइले दिदीबहिनीलाई दान दक्षिणा एवम् उपहार दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ।

-विकिपिडियाको सहयोगमा

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *