Uncategorized

मध्य भोटेकोशीकाे करिब डेढ करोडको साधारण शेयर अाउँदै

१४ कात्तिक, काठमाडाैं । सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ४४ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने भएकाे छ ।

चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीको रुपमा रहेको यस कम्पनिले सर्वसाधारणका लागि पहिलो चरणमा १ करोड ४४ लाख बराबरको साधारण शेयर जारी गर्न हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनिले कुल २ करोड ९४ लाख कित्ता साधारण सेयरमध्ये प्रथम चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूका लागि १ करोड १७ लाख कित्ता शेयर जारी  गर्न लागिएकाे जानकारी दिएको छ ।

संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर निष्कासन गरिँदैछ ।

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *