Uncategorized

जेठो सन्तान अन्यभन्दा धेरै फूर्तिलो र बौद्धिक किन हुन्छ ?

[ad_1]


के तपाईँ परिवारको जेठो सदस्य हो ? हालै सार्वजनिक अध्ययनलाई विश्वास गर्ने हो भने जेठो सन्तान हुनुका धेरै फाइदा छन् । सो अध्ययन अनुसार परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ । जर्मनस्थित लिपजिग युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुको एक समूहका अनुसार पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान “बच्चा” पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छ।

अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हँुदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ।

अभिभावकको अभिभाजित ध्यानकर्षणको कारण पनि जेठो सन्तान हुनुमा धेरै फाइदा हुने बताइन्छ। अनुसन्धानकर्ताहरुले सयांै बालबालिका माझ गरेको सो अध्ययनमा बौद्धिक प्रतिष्प्रर्धामा प्राय जेठा सन्तानको स्मरण शक्ति र दिमाग अद्भूत देखिएको थियो। तर, दुई सन्तान मात्र भएमा जेठो र कान्छोबीचको बौद्धिकता अन्तर दिमागी गुण कान्छोमा भन्दा त्यति धेरै क्षेत्रमा अर्कोलाई उछिन्ने सम्भावना भने त्यति धेरै नहुने पनि उनीहरु बताउँछन्। सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ। -एजेन्सी


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *