Uncategorized

डेले अलि ६ वर्ष टोटनहृयाममै रहने

काठमाडौं । इंग्लिस क्लब टोटनहृयामका मिडफिल्डर डेले अलिले क्लबसँग नयाँ सम्झौता गरेका छन् । जसअनुसार उनी २०२४ सम्म उनी टोटनहृयाममै रहने छन् ।

२२ वर्षका अलि एम के डन्स फुटबल क्लबबाट २०१५ मा पाँच मिलियन पाउण्डमा टोटनहृयाम आएका थिए । अहिले उनले कति रकममा सम्झौता गरेका हुन् खुलाइएको छैन ।

यो सिजन अलिले पि्रमियर लिगमा ६ खेल खेलेका छन् । जसमा उनले गोल गर्न भने सकेका छैनन् । टोटनहृयाम लिग तालिकामा पाँचौ स्थानमा छ ।

‘म टोटनहृयाममा निकै खुसी छु, आउने दिनमा कस्तो हुन्छ त्यसमा पनि उत्साहित छु’ उनले इन्स्टाग्राममार्फत भनेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *