Uncategorized

प्रधानमन्त्री ओलीको भेटघाटमा अस्पतालले लगायो रोक

१३ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाटमा रोक लगाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण हुनुका साथै चिनीको मात्र असन्तुलित देखिएको छ ।

सोमबार नेताहरुले अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

तर, मंगलबार अपराहृनबाट अस्पतालले भेटमा रोक लगाएको छ । संक्रमण नियन्त्रण गरी स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएको भन्दै शिक्षण अस्पतालले चिकित्सकीय रायअनुसार नै भेटघाटमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *