Uncategorized

डेम्बेले ल्याउने दौडमा तीन इंग्लिस क्लब

१३ कात्तिक, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर उसमान डेम्बेलेलाई ल्याउन इंग्लिस क्लबहरु लिभरपुल, आर्सनल र चेल्सीले चासो देखाएका छन् ।

गएको सिजन जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट बार्सिलोना आएका डेम्बेलेले यो सिजनको जनवरी ट्रान्सफरका बेला क्लब परिवर्तन गर्ने खबरहरु आइरहेका छन् । बार्सिलोनामा लियोनल मेस्सी घाइते रहेको अवस्थामा पनि सुरुवाती ११ मा स्थान बनाउन नसक्दा डेम्बलेले राम्ररी खेल्ने समय पाएका छन् ।

बार्सिलोनाले पनि डेम्बलेलाई जनवरीमा बेच्ने इच्छा नै देखाएको छ । गएको सिजन सुरुवातमा नै घाइते भएर धेरै खेल गुमाएका डेम्बेलेले पाएका मौकामा भने राम्रो नै गरिरहेका छन् ।

डेम्बेलेको तीब्र गतिको फुटबल बार्सिलोनामा भन्दा इंग्लिस क्लबमा नै उत्कृष्ट हुने भएकाले पनि लिभरपुल, आर्सनल र चेल्सी उत्सुक देखिएका हुन् ।

जसमा लिभरपुलमा मोहम्मद सलाह, सडियो माने र रोबर्टो फर्मिनो उत्कृष्ट लयमा रहेकाले डेम्बेलेले पूरा समय पाउन कठिन नै देखिन्छ ।

यता बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले भने २१ वर्षका डेम्बेले आˆनो योजनाको प्रमुख हिस्सा रहेकाले उनलाई बेच्न नहुने बताएका छन् ।

‘बार्सिलोनामा प्लेइङ टाइम पाउन कठिन नै छ । उनमा केही इन्जुरीको समस्या पनि देखियो । उनी असाध्यै राम्रा खेलाडी छन्, उनको तीब्रता र टेक्निकल क्षमता राम्रो छ । अझै केही वर्षमा उनले बार्सिलोनामा निकै राम्रो गर्ने छन्’ भालभर्देले भनेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *