Uncategorized

वायु प्रदूषणले जान्छ वार्षिक ७० लाखको ज्यान

१३ कात्तिक, काठमाडौं । वायु प्रदूषण विश्वकै लागि टाउको देखाइको विषय बनिरहेका बेला झण्डै ७० लाखले यसकै कारण ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । यसरी ज्यान गुमाउनेमध्ये करिब ६ लाख बालबालिका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदूषणका कारण हरेक वर्ष १५ वर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदूषणका कारण श्वास प्रश्वासमा समस्या हुने गरेको छ ।

प्रदूषणका कारण वर्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।

‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ डब्लुएचओले भनेको छ ।

तथ्यांक अनुसार प्रत्येक दश जनामध्ये नौ जनाले प्रदूषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जनामध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *