Uncategorized

भारतद्वारा वेष्ट इन्डिजलाई ३७८ रनको लक्ष्य, रोहित र अमबतीको शतक

१२ कात्तिक , काठमाडौं । चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिजलाई ३७८ रनको चुनौति पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध विशाल स्कोर बनाएको हो । भारतका लागि दुईजना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए ।
बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा दुबै टिमले १-१ खेलमा जित हात पारेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *