Uncategorized

ओलीको सन्देश माधव नेपालमार्फत्– म ठीक छु

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको भन्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकहरुप्रति आभार प्रकट गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालको सीसीयूमा उपचार गराइरहेका ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमार्फ आफू ठीक–ठाक रहेको बताएका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किने क्रममा नेकपाका वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताए ।

नेपालले ओलीको सन्देश सुनाउँदै भने, ‘म ठीक छु । मेरोबारेमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद ।’

यसैबीच, प्रधानमन्त्री ओलीलाई अब तीन दिन अस्पतालमै राखेर उपचार गरिने निजी चिकित्सक डा.दिव्यासिंह शाहले बताएकी छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *