Uncategorized

मदिराको मातमा श्रीमतीको हत्या

१२ कात्तिक, कपिलवस्तु । कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शिवराज नगरपालिका-१ बन्कसबासमा ४० वर्षीय बसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले श्रीमतीलाई राति ११ बजे बन्चरोले हानेर हत्या गरेका हुन् । सधैं मादकपदार्थ सेवन गर्ने बसन्तले आपसी झगडापछि श्रीमतीमाथि बन्चरो प्रहार गरेका थिए ।

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । परियारका दुई छोरा र एक जना छोरी छन् ।

शव पोष्टमार्टमका लागि कपिलवस्तुको शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ । घटनाको थप अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *