Uncategorized

बिरामीको हित र स्वास्थ्यभन्दा आफ्नो हितमा भक्तपुर अस्पताल

[ad_1]

भक्तपुर । नेपालको दोस्रो बुढो अस्पताल भक्तपुर अस्पताल हाल विरामीको हित र स्वास्थ्यमा भन्दा पनि आफ्नो स्वार्थमा बढि चल्न थालेको छ ।

अस्पतालमा आउने मेसु सुदा देवकोटा एवं कर्मचारीहरुको आफ्नो स्वार्र्थका कारण यस्तो समस्या आएको हो ।

विरामीको हितको कार्य भन्दा पनि आफ्नो खल्तीको हित हुने काममा बढि चासो दिने अस्पताल प्रमुख भएका कारण विरामीको हितका लागि समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुर अस्पताललाई दिएको गेट वेल सुन कार्ड अस्पतालले संञ्चालनमा नै ल्याएको छैन् ।

समाजवाद अध्ययन केन्द्रले दाताहरु सँग सहयोगको याचना गर्दै निर्माण गरेको उक्त कार्ड अस्पतालले रड्डीको टोकरीमा नै फालि दिएको छ ।

कार्ड संचालनमा नल्याउनुमा समाजवाद अध्ययन केन्द्रले केही गर्न सक्दैन हामिले सामाजिक मन लाई राखेर आम भक्तपुरका बासिलाइ यो सेवा सुबिधा होस भनेका हौ तर अस्पताल नेतृत्व नागरिक मैत्री छैन र छ त्यही भएर कार्ड खेर गयो समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयाल बताउनुहुन्छ ।

संञ्चालनमा नआएको कार्ड हामी अस्पताल संग बिबरण मागेर फिर्ता लिनु अघि माननीय स्वास्थ्य मन्त्रीलाई किन हामीले दिएको सेवा जनमैत्री नहुने भन्ने जिज्ञासा पछि मात्रै अन्य निर्णय गर्छौं । अध्यक्ष फुयाल बताउँनुहुन्छ ।

अस्पतालकी प्रमुख नागरिक सेवा मैत्री र स्वास्थ प्रती संबेदनसिल भए त कार्ड अस्तालमा सञ्चालन भई सक्थ्यो तर यसो हुन् नसकेको समाजवाद अध्ययन केन्द्रका सचिव रोशन तिमिल्सिना बताउनुहुन्छ । यो सेवा प्रदान गर्दा अस्पतालमा फोहोर कम हुने थियो तर यो कार्ड सञ्चालन बापत कतै बाट पनि आफूले आम्दानी गर्न नसक्ने विरामीलाई मात्र फाईदा हुने भएपछि प्रशासनले यसलाई लत्याएको उहाँको आरोप रहेको थियो ।

बिरामिको स्वास्थ्य र बाताबरण समेत सफा पार्ने कार्य शिघ्र स्वास्थ्य लाभको कार्ड प्रयोगमा नल्याई थन्काएर आफ्नो स्वार्थ मात्रै पूरा गर्न लाग्ने भक्तपुर अस्पताल प्रसाशन निकम्मा प्रशासन भएको उहाँको आरोप रहेको थियो ।

यता भक्तपुर अस्पतालले भने आफूहरु सँग समाजवाद अध्ययन केन्द्रले दिएको कार्ड र मेसिन भने सुरक्षित रहेको तर यसको सेवा भने कसैले पनि लिन नआएको भन्दै पन्छेको छ ।

यो बोर्ड हाल अस्पतालले हटाई सकेको छ । get well soon card board
यो बोर्ड हाल अस्पतालले हटाई सकेको छ ।

अस्पतालमा समाजवाद अध्ययन केन्द्रले कार्डको विषयमा राखेको सूचना पाटी समेत हटाएको अस्पताल प्रशासनले कमिसनको कुरा नमिल्दा र यो सेवा प्रदान गर्दा केवल विरामीलाई मात्र फाईदा हुने भएकाले यो सेवा प्रति चासो नदिएको देखिन्छ ।

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *