Uncategorized

रियल मड्रिडको पोष्टमा बार्सिलोनाको ५ गोल, स्वरेजको ह्याट्रिक

काठमाडौं । लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको एल क्लासिकोमा बार्सिलोना ५–१ गोल अन्तरले विजयी भएको हो ।

नाउक्याम्पमा भएको एल क्लासिकोमा २००७ पछि पहिलो पटक रोनाल्डो र मेस्सी कोही पनि थिएनन् । रोनाल्डो रियल छाडेर युभेन्टस पुगेका छन् भने मेस्सी घाइते छन् ।

दुबै स्टार खेलाडी नभएको खेलमा बार्सिलोना निकै हावी भएको छ । उसले ११ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ३० औं मिनेटमा भीएआरको मदतमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा स्वरेजले गोल गरे । पहिलो हाफमा निकै हावी भएको बार्सिलोनाले केही राम्रो अवसर खेल फालेको थियो ।

दोस्रो हाफको सुरुमा नै मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काउने संकेत दिए । उसका लुका मोडरिकको प्रहार बारमा लागेर फर्किएको थियो ।

तर, ७५ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि रियलको सम्भावना सकियो । स्वरेजले ८३ औं मिनेटमा ह्याट्रिक पुरा गरे भने निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी छँदा डेम्बेलेको पासमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *