Uncategorized

योजना आयोगसंग मुख्यमन्त्रीको आग्रहः कर्णालीलाई प्राथमिकतामा राखिदिनुहोला

११ कात्तिक, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास योजना निर्माण गर्दा कर्णाली प्रदेशलाई प्राथमिकता दिन राष्ट्रिय योजना आयोगलाई आग्रह गरेका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्ऽनगरमा आयोजना गरिएको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमण, मुल्यांकन तथा तथ्यांक सम्बन्धी प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विकासका दृष्टिले सबैभन्दा पछि रहेको कर्णालीलाई विकास योजनामा प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

केन्द्रिकृत शासन प्रणालीका कारण पछाडि पारिएको कर्णालीको विकास र समृद्धिको लागि संघीयता आवश्यक परेको बताउादै मुख्यमन्त्री शाहीले योजना निर्माणमा परम्परागत शैली त्यागनुपर्ने बताए ।

‘कर्णालीको विकासका लागि क्रमभंगताको आवश्यकता छ’ मुख्यमन्त्री शाहीले भने, ‘संघीयताको मर्म बमोजिम योजना निर्माणमा क्रमभंगता गर्नुस, समृद्ध राष्ट्र निर्माणको लागि अवको प्राथमिकता कर्णालीको विकास हो ।’

मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसंग कर्णालीको तथ्यांक नरहेको गुनासो गरे । ‘कर्णालीमा हामीले सम्भावना धेरै भएको कुरा गछौर्ं, तर विकासको, समृद्धिको योजना बनाउने आयोगसाग अहिलेसम्म कर्णालीमा कहाा के छ केही पनि तथ्यांक छैन,’ उनले भने, ‘तथ्यांक विना नै कर्णालीको विकास कसरी सम्भव छ ?’

कर्णालीमा रहेको जलश्रोत, पर्यटन, जडीवुटी, र अर्गानिक कृषि लगायतका सम्भावनाहरुको व्यापक रहेको बताउादै मुख्यमन्त्री शाहीले राज्यको दायित्वभित्र परेका जनताका आधारभूत आवश्यकता पहिचान गर्न र त्यसको योजना बनाएर सरकारलाई दिन आयोगलाई सुझाव दिए ।

मुख्यमन्त्री शाहीले तीव्र विकासको जनअपेक्षा र भौगोलिक विकटताको कारण कर्णालीको विकासको लागि वाहृय लगानीको आवश्यकता पनि औंल्याए । ‘केन्द्र सरकारको अनुदानले मात्र पुग्दैन,’ उनले भन्नुभयो- ‘हामी विकासका दृष्टिले सबै प्रदेश भन्दा पछि छौं, त्यसैले पनि वैदेशिक लगानी भित्र्याउन केन्द्र सरकारले कर्णालीको लागि विशेष व्यवस्था गर्न जरुरी छ ।’

सरकारले चालु आर्थिक वर्षलाई योजना निर्माणको वर्षको रुपमा लिएको बताउादै मुख्यमन्त्री शाहीले आयोजना पहिचान, तथ्यांक संकलनमा सहयोग गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *