Uncategorized

८३ हजारले पाए आँखुखोलाको आईपीओ

११ कात्तिक, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) बाँडबाँड गरिएको छ ।  आइतबार गरिएको बाँडफाँडमा आवेदन दिएका मध्ये ८३ हजार ३ सय १६ जनालो कम्पनीको आईपीओ पाएका छन् ।

आवेदन दिएका मध्येको केहि आवेदकको आवेदन बदर गरिएको र बाँकी सदर भएका सबै आवेदकले सेयर पाएको सेयर निस्काशनकर्ता सिभिल क्यापिटलले जनाएको छ ।

सिभिलका अनुसार आँखुखोलाको आईपीओका लागि प्रक्रिया नपुर्‍याई आवेदन दिएका ६१ जनाको आवेदन रद्ध भएको छ ।

कम्पनीले १३ लाख ७६ हजार २० कित्ता आईपीओ निष्काशन गरेको थियो । आवेदन दिएका ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएको सिभिल क्यापिटलले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *