Uncategorized

आमाले आफ्नै नबालक दुई छोरालाई विष पिलाउँदा… – onlinedarpan:

[ad_1]


काठमाडौं । दैलेखको महावु गाउँपालिका–१ खरिगैराकी एक आमाले आफ्ना दुई नाबालक छोरालाई विष खुवाएपछि एक छोराको मृत्यु भएको छ ।

२४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरा ७ वर्षे आयुष र ६ महिने अंकित नेपालीलाई विष खुवाएर आफूले पनि विष खाएपछि आयुषको मृत्यु भएको हो ।

६ महिने अंकित र उनलाई भने उपचारका अस्पताल भर्ना गरिएको छ । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि सुर्खेतको देउती नर्सिङ होममा रिफर गरिएको छ ।

पारिवारिक झगडाका कारण विष सेवन गरेको भनिए पनि कल्पना नेपाली अचेत रहेकाले खास कारण खुल्न सकेको छैन ।

६ महिने अंकितको अवस्थासमेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *