Uncategorized

लक्ष्मी बैंकबाट बाहिरिए खालिङ, को बन्ला नयाँ सीईओ ?

११ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बैंकबाट बाहिरिएका छन् । करार अवधि सकिए पछि सीईओ खालिङ विदामा बसेका हुन् ।

०७० चैत १५ मा ४ वर्षे कार्यकालका लागि नियुक्त भएका खालिङको करार अवधि गत फागुन महिनामा नै सकिएको थियो । फागुनमा लक्ष्मी बैंक सञ्चालक समितिले ६ महिनाका लागि उनको कार्यकाल थप गरेको थियो ।

थपेको ६ महिना पनि सकिए पछि बैंकर खालिङ विदामा बसेका हुन् । कार्यकाल सकिएको भए पनि बैंक सञ्चालक समितिले अझै पनि नयाँ सीईओ नियुक्त गरेको छैन ।

को बन्ला त नयाँ सीईओ ?

बैंकले नयाँ सीईओ बाहिरबाट नल्याउने भएको छ । नयाँ मान्छे नल्याइ बैंकमै कार्यरत नायव प्रमुख कार्यकारी अधिकृतलाई बढुवा गरेर सीईओ बनाउने बैंकले तयारी गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका अजय विक्रम शाह लक्ष्मी बैंकको नयाँ सीईओ बन्नेछन् । एभरेष्ट बैंकसँग मर्ज भएको खण्डमा भने शाह सीईओमा बढुवा हुन सक्ने सम्भावना कम छ ।

एभरेष्ट बैंकसँग मर्जरका विषयमा छलफल भइरहेकाले नयाँ सीईओको विषयमा बैंकले कुनै निर्णय लिन सकेको छैन । एभरेष्टसँग मर्ज हुन नसकेको अवस्थामा भने लक्ष्मीको सीईओमा शाह नै नियुक्त हुने सम्भावना बलियो छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *