[ad_1]

अंगद यादव/नवलपरासी पश्चिम १० कार्तिक ।
पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालय आगजनी भएको छ ।
गए राती विद्यालयको अफिस कोठामा आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको बिहान लगभग ६ बजेको समयमा अफिस कोठाबाट धुंवा निस्की रहेको देख्दा हेर्न जादा सवै जलेर नष्ट भैसकेको विद्यालयका प्रिन्सिपल सागर पाण्डेले बताएका छन् ।
आगलागीबाट अफिस कोठामा भएकोले विद्यालयका सम्पूर्ण डकुमेन्ट ,प्रोजेक्टर, लिमिनेशन मेशिन, फोटोकपी मेशिन, कम्प्युटर, सिसिटिभि क्यामेरा, रेकर्डिङ्ग हार्ड डिस्क,सिपियू, मोनिटर पुराना मार्कसिट, सर्टिफिकेट, ३ वटा दराज, सोफासेट र वाईफाईको सेट लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको प्रिन्सिपल पाण्डेले जानकारी गराएका छन ।
२०५२ सालमा स्थापना भएको क्यानल सेन्टर माध्यमिक विद्यालयको अफिस कोठामा आगलागी भएकोले विद्यार्थीहरुका र विद्यालयका सम्पूर्ण रेकर्डहरु कागजात समेत जलेर नष्ट भएको पाण्डेले बताएका छन ।
आगलागी भएको थाहा पाएपछि घटनास्थलमा आएको प्रहरीले अहिले क्षतिको अनुमान गर्न नसकिने तर आगलागी के कुन कारण भएको बारे अनुसंधान भइरहेको कुडिया प्रहरीले जनाएको छ ।
[ad_2]
Source link



