Uncategorized

बढी भाडा असुल्ने दुईवटा जीप कारबाहीमा, यात्रुको पैसा फिर्ता

९ कात्तिक, वीरगञ्ज । बढी भाडा असुल्ने दुईवटा जीप चालकलाई प्रहरीले कारबाही गरेको छ । तोकिएको भन्दा बढी भाडा असुल्दै गरेको समयमा पुगेर प्रहरीले कारबाही गरेको हो ।

वीरगञ्जको बसपार्कमा काठमाडौं जाने यात्रुहरुसँग बढी भाडा असुल्दै गरेको अवस्थामा प्रहरीले दुईवटा सुमो चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बढी भाडा असुली गरिरहेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले ना १ झ ३५२६ र ना १ झ १८५८ नम्बरको सुमो चालकलाई पैसा फिर्ता गर्न लगाउनुको साथै कागजात नियन्त्रणमा लिएको उनले बताए ।

‘वीरगञ्जबाट काठमाडौंको भाडा ५ सय ५० लिनुपर्नेमा उनीहरुले प्रत्येक यात्रुसँग ८ सय रुपैयाँ लिएका रहेछन्’ प्रहरी नायब उपरीक्षक राईले भने ‘यात्रुको पैसा फिर्ता गर्न लगाएर लाइसेन्स लगायतका कागजपत्र नियन्त्रणमा लिएका छौं ।’

वीरगञ्जको लिंक रोड र बसपार्क क्षेत्रबाट बिहान हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौंका लागि टाटा सुमो छुट्ने गरेको छ ।

चाडवाडका लागि यात्रुहरुको आउजाउ बढ्न थालेपछि बढी भाडा असुल्ने गरेको जानकारी आएपछि चेकजाँच गरिएको अस्थायी प्रहरी चौकी बसपार्कका प्रहरी नायब उपरीक्षक बैद्यनाथ दासले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *