Uncategorized

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

९ कात्तिक, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प ९७७३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *