Uncategorized

आइएमई–पे आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्टमा आवद्ध

९ कात्तिक, काठमाडौं । नेपालक्लियरिङ हाउस र आइएमई डिजिटल सोलुसनबीच एनसीएचएल–आइपीएस सिष्टम र कनेक्ट आईपीएस ई–पेमेन्टमा इनडाइरेक्ट मेम्बरको रुपमा आवद्ध हुने गरि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै आइएमई पेमेन्ट मोवाइल वालेटमा सजिलै फण्ड लोड गर्न सक्ने गरि व्यवस्था गरिएको छ ।

ग्राहकहरुले आइएमई पे मोबाइल वालेटबाट अथवा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट सिधै फण्डलोड गर्न सक्नेछन् । मोबाइलवालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्ने सुविधा समेत उपलब्ध गरिने भएको छ । आइएमई समूहबाट प्रवद्र्धित आइएमई सोलुसन नेपालकै पहिलो स्वीकृतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेका र ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् । किल्यरिङ हाउसमामा हाल ७५ बैंक वित्तीय संस्थाका ४ हजार २ सय बढी शाखाहरु आवद्ध छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *