Uncategorized

कविताको मुस्कान

चलचित्र ‘बोबी’ चलेसँगै नर्वेमा बस्दै आएकी कविता गुरुङ नेपाली चलचित्रको नशामा डुबेकी छिन् । नेपाली चलचित्र खेल्छु भन्ने उनलाई लागेकी थिएन । तर, अहिले उनी धेरै दर्शकको मनमा बसेकी छिन् । कविता र उनका श्रीमान् उमेश थापाको वास्तविक जीवन कथामा यो चलचित्र बनेको हो । मिलन चाम्सले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तुलाई नेपाल र नेपालबाहिर रुचाइएको छ ।

चलचित्र रुचाइसँगै कविताको अनुहारमा मुस्कान छरिएको छ । उनी हाल नेपालमा छिन् । कविता र उमेशले अन्तरजातिय भागी बिबाह गरेका थिए । सोही कथालाई मिलनले पर्दामा देखाएका हुन् । कविताले अब आगामी दिनमा आफ्नो चलचित्र यात्रा अगाडि बढाउछिन् या के गर्छिन् त्यो त हेर्न बाँकी छ । तर, उनलाई आफ्नै प्रेमकथाले सफलता दिलाएको भने छ ।

तस्वीरः शंकर गिरी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *