Uncategorized

चक्र बास्तोला कहिल्यै नथाक्ने नेता : देउवा

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चक्रप्रसाद बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बास्तोलाको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शोकसभामा उनले भने ‘उहाँले छोडेर गएका काम हामीले पूरा गर्नुपर्छ, त्यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सभापति देउवाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन स्वर्गीय नेता बास्त्ाोलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बास्तोलालाई कहिल्यै नथाक्ने नेताको रुपमा चित्रण गरे । ‘माओवादीलाई वार्ताम्ाा ल्याउन प्रचण्ड बाबुरामलाई भेटेर उहाँले गर्नुभयो’, देउवाले अगाडि थपे, ‘शान्ति प्रक्रियामा आउँदा महतवपूर्ण योगदान गर्नुभयो ।’

शोकसभामा सात मिनेट बोलेका सभापति देउवाको अन्तिमतिर गला बस्यो र उनले आफ्नो मन्तव्य टुङ्ग्याए ।

छोरीहरुले भने : कांग्रेस अप्ठेरो स्थितिमा छ, सुर्धानुस्

चक्रप्रसाद बास्तोलाका छोरीहरुले कांग्रेस अप्ठेरो अवस्थामा रहेको भन्दै पार्टी सुधार्न नेतृत्वलाई आग्रह गरे । शोकसभामा उनीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउने आफ्नो बुबाको सपना पूरा गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका हुन् ।

छोरी सुम्निमा बास्तोलाले आफ्नो बुबाले बुद्धिको राजनीति गरेको र सधैं देशको बारेमा मात्रै चिन्ता गर्ने गरेको भन्दै व्यक्ति मरे पनि सोच नमर्ने बताइन् । देश र पार्टीलाई बलियो बनाउन सके मात्रै आफ्नो बुबाको सपना पूरा हुने उनको भनाइ छ । ‘नेताकी छोरी भएर राजनीतिका कुरा गरे नभन्नुहोला’, उनले भनिन्, तर ‘जय नेपाल’, ‘मेरो देश’ जस्ता शब्द नौलो लाग्न छोडिसक्यो । जय नेपाल यो दुई शब्दको ब्यवहारिकता, नेपालको जय यही नै मेरो बुबाको चाहना हो ।’

चक्रप्रसादकी अर्की छोरी गरिमा बास्तोलाले पनि आफ्नो बुबा जीवनभर प्रजातन्त्र र लोकतन्त्रका लागि लागेको उल्लेख गरिन् । एकतावद्ध कांग्रेस आफ्नो बुबाको चाहना भएको भन्दै उनले पनि नेताहरुलाई देशको हित हुनेगरी राजनीति गर्न सुझाइन् ।

विगत ६ वर्षदेखि अचेत अवस्थामा रहेका नेता चक्रप्रसादको गत असोज २४ गते निधन भएको हो । बास्तोलाको निधन भएको १३ औं दिनमा कांग्रेसले शोक सभाको आयोजना गरेको गरेको ।

पार्टीलाई अप्ठेरो पर्दा सहयोग गर्ने व्यक्ति : प्रसाईं

कांग्रेसकी नेतृ एवं चक्रप्रसादकी भान्जी सरिता प्रसाईंले पछाडि बसेर पार्टीलाई अप्ठेरो पर्दा महत्वपूर्ण सहयोग गर्ने बौद्धिक नेताका रुपमा चित्रित गरिन् । ‘पार्टीलाई आप्ठेरो परेका धेरै महत्वपूर्ण सहयोग गर्ने नेता हुनुहुन्थ्यो मामा, उहाँले माओवादीलाई वार्तामा ल्याएर शान्ति प्रक्रियामा ल्याउन होस्, पार्टीको आन्तरिक कलह मिलाउनका लागि उहाँको महत्वपूर्ण भूमीका हुन्थ्यो’, नेतृ प्रसाईंले सम्झिइन् ।

उनले अघि भनिन् ‘विस्तृत शान्ति सम्झौता हुनुभन्दा पहिले प्रचण्ड बाबुरामलाई भेटेर काग्रेस बदलिन्छ । तपाईंहरु वार्तामा आउनुपर्छ भनेर पहिलो भेट गर्ने नेता मेरो मामा पार्टीका नेता उहाँ नै हुनुहुन्थ्यो ।’

नेतृ प्रसाईंले बास्तोलाले विषम परिस्थितिमा पनि पार्टीलाई महत्वपूर्ण योगदान गरेको बताइन् । ‘राजीतिक मान्छे दुई किसिमका हुँदा रैछन् ।

एउटा अगाडि राजनीति गर्ने र अर्को पछाडि बसेर राजनीति गर्ने । यसमा चक्रप्रसाद बास्तोला कहिले पनि एग्रेसिभली अगाडि आउनुभएन । तर हरेक बिशम परिस्थितिमा पाछाडि बसेर पार्टीलाई सहयोग गर्नुभयो ।’

देशलाई अप्ठेरो पर्दा गिरिजाप्रसाद कोइरालाले सम्झिने नेता भनेकै चक्र बास्तोला भएको उनको भनाइ थियो । बास्तोलाबाटै प्रभावित भएर देशमा प्रजातन्त्रका लागि लड्नुपर्ने रहेछ भनेर पूरै परिवार राजनीतिमा होमिएको भन्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि एकताबद्ध भएर आफ्नो मामाको सपना पूरा गर्नेतर्फ लाग्न कांग्रेस नेतृत्वलाई सुझाइन् ।

आन्तरिक विवाद मिलाइदिने महत्वपूर्ण व्यक्ति गुमायौं : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आन्तरिक विवादलाई मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्ति गुमाउनुपरेको बताए ।

शोकसभामा मन्तब्य राख्न पोडिएम पुगे लगत्तै केहीबेर उपसभापति निधि भक्कानिए । बोल्न सुरु गर्दा नै गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले ।

संबोधनका क्रममा उनले कम्युनिस्ट भन्दा कांग्रेस कसरी फरक र सही छ भन्ने आफूले विद्यार्थी राजनीतिमै छँदा बास्त्ाोलाबाटै थाहा पाएको पनि उल्लेख गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *