Uncategorized

लघुवित्तको नाफा दुई महिनामै १४ लाख

८ कात्तिक, सर्लाही । सेवा सुरु गरेको करिब दुई महिनामै १४ लाख नाफा कमाउन सफल भएको ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले दाबी गरेको छ ।

सर्लाहीको हरीवन नगरपालिका वडा नम्बर ११ मा केन्द्रीय कार्यालय खोलेर २०७५ साउन ३० गतेदेखि ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था सञ्चालनमा आएको थियो । बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, सिन्धुली, रामेछाप, ओखलढुंगा गरी १० जिल्ला यसको कार्यक्षेत्र हो ।

११ वटा शाखा कार्यालय रहेको यस संस्थाका ग्राहक १४ हजार ५७७ जना छन् । १७ करोड ९१ लाख बचत संकलन गरी ४५ करोड कर्जा लगानी गरेको र यस त्रैमासमा १४ लाख आम्दानी गर्न सफल भएको संस्थाको दाबी छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *