Uncategorized

च्याङ्लीमा अस्थायी प्रहरी पोष्ट राखियो

७ कात्तिक, गोरखा । पालुङटार नगरपालिका-७ च्याङ्ली विरुवाटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गोरखा र तनहूँ जिल्लाको सिमाना भए पनि प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले बारम्बार चौकी राख्न माग गर्दै आएका थिए ।

गाउँमा प्रहरी चौकी नहुँदा लागू औषध दुर्व्यसनीसँगै अपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो थियो । बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले बताए ।

स्थानीय नवीनकुमार श्रेष्ठको घरमा पालुङटार नगरपालिकाले भाडा तिर्ने गरी प्रहरी पोष्ट राखिएको छ ।

प्रहरी पोष्टको मंगलवार एक कार्यक्रमका बीच गोरखा प्रहरी प्रमुख एसपी बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताए । पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले प्रहरी पोष्ट स्थापना भएसँगै शान्ति सुरक्षाको अनुभूति हुने बताइन् ।

पालुङटार नगरपालिका-७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले स्थापना भएको प्रहरी पोष्टले गाउँमा सुरक्षा व्यवस्था कायम राख्न सघाउ पुग्ने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *