Uncategorized

दैलेखमा भूकम्पको धक्का

६ कात्तिक, काठमाडौं । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।

यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको अघिल्लो दिन असोज १९ गते दैलेखमै केन्द्रबिन्दु भएर दुईपटक ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रकाे भूकम्प सूचीमा उल्लेख छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *