Uncategorized

४ अंकले बढ्यो सेयर बजार, १४ करोडको कारोबार

४ कात्तिक, काठमाडौं । दशैं बिदा पछिको पहिलो कारोबार आइतबार सेयर बजारमा सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ४ दशमलव ८९ अंकले सुधार आएको हो ।

बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र अन्य समूह हरियाली देखिएका छन् भने होटल, हाइड्रोपावर, निर्जिवन बीमा लगायतका समूहहरु राताम्मे देखिएका छन् ।

धेरै जसो समूहहरु राताम्मे देखिए पनि जीवन बीमा समूह ३४ दशमलव ७ अंकले उकालो लाग्दा समग्र नेप्से परिसूचक सकारात्मक दिशामा देखिएको हो ।

आइतबार सेयर बजार ४ दशमलव ८९ अंकले उकालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४६ दशमलव ५२ अंकमा पुगेको छ । दिनभरमा भएका २ हजार २ सय ४ वटा कारोबारबाट ७ लाख ७ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार १४ करोड ५ लाख ४९ हजार २९ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा देखिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *