Uncategorized

शिशु हत्या प्रकरणः दुई महिनापछि समातिए मुख्य अभियुक्त

३ असोज, महोत्तरी। महोत्तरीको औराही–१ का सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतकुमार शाह छन् । उनलाई सुनसरीको भन्टाबारी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले दाबी गरेको छ ।

यसअघि उनी भागेर भारत छिरेको आशंका गरिँदै आएको थियो । र, भारतीय प्रहरीको समेत समन्वयमा शाहको खोजी बढाइएको थियो ।






यो पनि पढ्नुहोस
शिशु हत्या प्रकरणः सीसी टिभीमा देखिएका आरोपी अझै फरार

महोत्तरीका प्रहरी प्रमुख एसपी र्इश्वर कार्कीले सुनसरी प्रहरीसँगको समन्वयमा शाहलार्इ महोत्तरी ल्याउने प्रयास भइरहेको अनलाइनखबरलार्इ बताएका छन् ।

उनले भने, ‘भन्टाबारीमा पक्राउ गरेको खबर अाएपछि हामीले भेरिफिकेशनका लागि फोटो पठाएका थियौं । शाहलार्इ यहाँ ल्याउन समन्वय भइरहेको छ ।’

को हुन् शाह ?

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएर फर्किएका शाह यसअघि चोरी अभियोगमा जेल पनि परेका थिए । साहले नै आफ्नो छोरीलाई अपहरण गरेर हत्या गरेको मृतक शिशुकी बुबा सन्तोषले दाबी गरेका थिए ।

नजिकै रहेको सीसी टीभीको फुटेजमा पनि शाह देखिएका थिए । उनले पसलमा ग्राहकको भेषमा अाएर शिशुको अपहरणपछि हत्या गरेका थिए ।

शरीरका विभिन्न अंगमा चोट देखिएकाले शिशुमाथि दुश्कर्म समेत भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको थियो ।

पीडित परिवारको घर नजिककै गाउँमा बस्ने शाह लागूऔषध दुर्व्यसनी समेत हुन् । घटनाको दुई दिनअघि उनले भिट्टामोडबाट ट्याबलेट किनेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनको घरपरिवारसँग पनि राम्रो सम्बन्ध छैन । मोबाइल लगायतका सामान लिएर हिँड्ने गर्न थालेपछि उनलाई घरबाट निकालिएको स्रोत बताउँछ ।

उनको वैबाहिक सम्बन्ध पनि राम्रो रहेन । ‘बिहे गरेर सुध्रिन्छ कि भन्ने थियो तर, भएन’, परिवारका एक सदस्यले प्रहरी अधिकारीसामू भनेका छन्, ‘०७० सालतिर ऊ कुबेत गएको थियो । तर, दुई/चार महिनामै डिपोर्ट भयो ।’

चोरी तथा लागूऔषध सेवन गर्दा पक्राउ परेका बेला कचहरी बसेर स्थानीय स्तरमै पटकपटक सजाय पाएका थिए । जति गर्दा पनि नसुध्रिएको भन्दै पछिल्लो पटक उनलाई गाउँबाट निकालिएको समेत प्रहरी अनुसन्धानले देखाएको छ ।

यो पनि पढ्नुस् 

८ महिने शिशुको अपहरणपछि हत्या, सीसीटीभीबाट अभियुक्तको पहिचान

शिशुको अपहरणपछि हत्याको विरोधमा औरहीमा दिनभर प्रदर्शन

८ महिने शिशुको हत्याको छानबिन गर्ने प्रदेश सरकारको प्रतिवद्धता

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *