Uncategorized

पालुङटारमा ‘मापसे’का कारण एक जनाको मृत्यु

१ कात्तिक, गोरखा । जिल्लाको पालुङटार–१, सातदोबाटोका ५८ वर्षीय जुठे नेपाली मृत भेटिएका छन् ।

बिहीबार बिहान साढे ८ बजे सातदाबाटो बजार नजिकै उनी मृत भेटिएका हुन् ।

‘अत्याधिक मदिरा सेवन गरेर बजारबाट घर फर्कंदै गर्दा बाटोदेखि करिब पाँच मिटर तल बारिमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेछन्,’ प्रहरी निरिक्षक मोहनमान श्रेष्ठले भने, ‘हामीलाई खबर गरेपछि त्यहाँ पुगेर हेर्दा उनको मृत्यु भइसकेको रहेछ ।’

अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थल सुरक्षित राखिएको र मुचुल्का गर्न इलाका प्रहरी कार्यालय, ठाटीपोखरीबाट अनुसन्धान अधिकृतको टोली घटनास्थलतर्फ जाँदै गरेको गरेको उनले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *