Uncategorized

इथियोपियाको क्याबिनेटमा ५० प्रतिशत मन्त्री महिला

काठमाडौं । इथियोपियाका प्रधानमन्त्री आबी अहमदले मन्त्रिपरिषद्को आधा पद महिलालाई दिएका छन् ।

निकै महत्वपूर्ण मानिउको रक्षामन्त्री पद महिला नेतृ आएशा मोहम्मदलाई दिइएको छ । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री आबी अहमदले भने, ‘महिला कम भ्रष्ट हुन्छन् र उनीहरुले देशमा शान्ति र स्थिरता ल्याउन मदत गर्छन् ।’

रुवान्डापछि इथियोपिया दोस्रो अफ्रिकी देश बनेको छ, जहाँ मन्त्रिपरिषद्मा आधा संख्या महिलाको छ । आबीले मन्त्रीको संख्या पनि २८ बाट २० मा झारेका छन् ।

गत अप्रिलमा देशको प्रधानमन्त्री बनेका आबीले थुप्रै सुधारवादी कदम चालेका छन् । उनले छिमेकी देश इरिट्रियासँग दुई वर्षदेखि जारी हिंस्रक संघर्ष अन्त्य गरे भने हजारौं राजनीतिक बन्दीलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *