Uncategorized

गौरीफन्टाबाट दशैं मान्न नेपाल फर्किनेलाई सहज

असोज २९, कैलाली । पटक पटकको सीमा अनुगमनपछि सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक नाका गौरिफन्टाबाट नेपाल र्फकनेहरुलाई सीमानामा सहज भएको छ ।

भारतको विभिन्न शहरमा काम गर्ने नेपाली दशैं मान्न घर फकिएका बेला सीमानामा यसअघि भारतीय प्रहरीले दुख दिने गरेको थियो । गौरिगंगा नगरपालिकाका मनोज नेपालीले सीमामा कुनै किसिमको असहज नभएको बताए ।

पहिला दशैं मान्न आउँदा ठाउँठाउँमा चेकिङको नाममा अनावश्यक दुख दिने र कतिपय ठाउँमा पैसा समेत माग्ने गरेकोमा यो पटक सहज भएको बताए ।

दशैं मान्न घर र्फकने नेपालीहरुको अवस्था बुझ्न सोमबार सीमानाकामा पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भारतबाट काम गरेर र्फकने नेपालीहरुसंग सीमामा ठगी भए नभएका बारेमा जिज्ञासा राखेका थिए ।

नेपालीहरुले वर्षदिनमा मनाउने ठूलो पर्वमा नेपालीहरुलाई सहज होस् भन्ने उद्देश्यले सीमामा सहजताका लागि प्रयास थालेको बताउँदै श्रेष्ठले दुबै देशका सुरक्षा निकाय बीचको समझदारीका कारण यो पटक नेपालीले अनाहकमा दुख पाउन नपरेको बताए ।

सोमबार सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्रबहादुर थापाले समेत सीमा नाकाको अवलोकन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीसहित सीमानाका पुगेका डिआईजी थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का गौरीफन्टा प्रमुखसंग कुरा गर्दै कुनै पनि नेपाली कुनै पनि बाहनामा ठगिएको अथवा लुटिएको सुन्नमा आएमा तुरुन्त रेस्पोन्स गर्न आग्रह गरेको बताए ।

पछिल्लो समय भारतबाट रोजगारी गरेर दशैं मान्न नेपाल र्फकने नेपालीहरु सीमानाका लुटिएको खबरहरु आइरहे पनि सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टामा भने अहिलेसम्म कुनै पनि नेपाली ठगिएको अथवा लुटिएको समाचारहरु आएका छैनन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *