Uncategorized

सेफ आर. बी. बुढाथोकीको टिप्सः यसरी बनाउनुहोस् खसीका स्वादिला परिकार

दशैं भन्नसाथ तपाईं के सम्झनुहुन्छ ?

खसीको परिकार ।

खसीको परिकार सम्झनसाथ तपाईलाई कस्तो हुन्छ ?

मुखमा पानी आउँछ ।

हो त, दशैं भन्नु नै मिठो खाने पर्व हो । मिठोमसिनो खान्कीमा खसीको पक्कु छुट्ने कुरै भएन । हरेक घर-घरमा घोर्ले खसी काटेर पक्कु बनाउने गरिन्छ । यो स्वादिलो खान्कीमा हाम्रो जिब्रो लोभिएको छ ।

तर, आजको जमानामा तपाईं आफ्ना परिवार वा आगन्तुकलाई अलि नयाँ स्वाद पनि पस्कन चाहनुहुन्छ होला । जबकी खसीको पक्कु भनेको सबैतिर उस्तै स्वादको हुने हो । तर, खसीको परिकार एकनासे मात्र बन्दैन । यसको विविध परिकार बन्ने गर्छ ।

प्राय हामीकहाँ खसीको उति धेरै परिकार बनाउने चलन छैन । प्रायले खसीको पक्कु, कवाव, भुटुवा, झोल खाने गरेका छन् । खसीको मासुका दर्जनौ परिकार तयार पार्न सकिन्छ । जस्तो की, खसीको रगतको ससेज, फोक्सो भरेको, खुट्टाको सुप, सेकुवा, टाउको रससँग, हृयाकुला डामेको, मटन तास, भुटन  रक्ती र बोसे आन्ऽा चिउरासँग, खसीको सिक कबाब, राजखानी भुटेको, किमा मसला, गिदी प|mाइ, छोइला, खसीको सुकुटी आदि । यहाँ त्यसमध्ये तीन वटा परिकारको रेसेपी दिएको छु ।

खसीको पक्कु

आवश्यक सामाग्री

खसीको मासु १  केजी,  तोरिको तेल ३ चम्चा, अदुवा लसुनको पेस्ट २ चम्चा, डेढ चम्चा जिरा धनियाको पाउडर, एक चम्चा खुर्सानीको पाउडर, आधा चम्चा सुकमेलको धुलो, २ चम्चा घ्यु र मरिचको धुलोलाई , मरिचको धुलो  चिम्टी तेज पात चार पिस, नुन स्वाद अनुसार ।

तयारी विधी

– सुरुमा खसीको  मासुलाई स-साना पिस गरेर काट्ने । र, सबै मसलाहरु हालेर माज्जाले मोल्ने । अर्थात मेरिनेट गर्ने ।

– त्यसपछि एक वा आधा घण्टा छोपेर राख्ने । अनि बाक्लो खालको पित्तलको कसौडीमा मन्द आगोमा पकाउन शुरु गर्ने । बीच बीचमा चलाईराख्नुपर्छ ।

– केही समयपछि पानीको मात्रा सुक्छ । र, अन्त्यमा शुद्द घिउ राखेर फेरी चलाउने । त्यसपछि पक्कु तयार हुन्छ ।

– पाकेपछि पनि यसलाई १० मिनेट छोपेर राख्नुपर्छ । अनि मात्र स्वादिलो हुन्छ ।

खसीको लेदोबेदो

आवश्यक सामाग्री

१ केजी खसीको मासु, २ वटा प्याज, मध्यम आकारको दुई वटा गोलभेडा, २ चम्चा अदुवा लसुनको पेस्ट, एक चम्चा गरम मसला (ल्वाङ, सुकमेल, जाइफल, मरिच, दालचिनी), एक चम्चा धनीया, बेसार, खुर्सानी, जिराको धुलो, तीन चम्चा तोरीको तेल, एक मुठा धनियाको पात, अधा चम्चा टिमुरको धुलो, एक चम्चा मेथी स्वादअनुसार नुन ।

तयारी विधि

– कराइ, प्रेसर कुकर या हुन्डीमा तोरीको तेल तताउनुस् । त्यसमा मेथी दाना पड्काएर प्याजलाई खैरो हुनेगरि भुट्नुस् ।

– त्यसपछि तेजपत्ता हाली चलाउनुस् र एक चमच बेसार मासु हालेर केही समय भुट्नुपर्छ ।

-विस्तारै अन्य मसला, अदुवा लसुनको पेस्ट हाली मन्द तापक्रममा पकाउनुपर्छ ।

– अन्त्यमा मसिनो गरी काटेको गोलभेडा हालेर केही पकाउने र अन्तिमा धनिया राखेपछि खसीको लेदोबेदो तयार हुन्छ ।

मटन विरयानी

आवश्यक समाग्री

१ केजी खसीको मासु, १ चम्चा बेसार,  ६० एमएल तोरीकोे तेल, स्वादअनुसारको नुन, २ चम्चा घिउ, सम्पूर्ण गरम मसला नपिसेको दाना ६० ग्राम, २ चम्चा जिरा धनीयाँको धोलो, १ चम्चा खुर्सानीको धुलो, २ चम्चा अदुवा लसुनको पेस्ट, ३ वटा प्याज, एक डाडु दही, १ केजी बिर्यानी चामल, १५ ग्राम पुदिनाको पात, एक मुठा धनियाँको पत्ता, ४ वटा वटा तेज पात, फूड कलर पिन्च , २ चम्चा गुलाफ जल, १०० ग्रम भुटेको सुक्खा प्याज, स्वाद अनुसार नुन, ८० ग्राम काजु ।

तयारी विधि

-भाडामा तेल तलाएर खैरो हुने गरि प्याज भुट्नुपर्छ । र, प्याज खैरो हुनासाथ गरम मसला हाल्ने र केही समयपछि खसीको मासु राख्नुपर्छ ।

– मासुलाई केही समय भुटेपछि अन्य मसलाहरु हालेर ग्रेभी तयार गर्नुपर्छ । मासु पाक्न थालेपछि दही हाल्ने र एकछिन चलाएपछि चुलाबाट वाहिर निकाल्नुपर्छ ।

– अर्को भाडामा मज्जासँग पानी उमाल्नुपर्छ ।  त्यसमा सम्पूर्ण गरम मसलाको दाना र तेजपत्ता हालेर २० मिनटसम्म पकाउनुपर्छ । त्यही पानीमा भिजाएको विरयानी चामललाई राख्नुपर्छ । उक्त चामललाई ७० प्रतिसशसम्म पाक्न दिनुपर्छ ।

– त्यसपछि उक्त चामलबाट पानी तार्नुपर्छ ।  तह तह बनाएर मासु र चामल मिलाएर राख्दै जानुपर्छ । अनि बीच बीचमा भुटेको प्याज, धनियाँ र पुदिनाको पात राख्नपर्छ । त्यही घिउ र पहेलो फुड कलर पनि राख्दै जानुपर्छ ।

– तीन या चार लेयर भएपछी राम्ररी आल्मुनियम पेपरले छोप्नुपर्छ रसानो आगोमा आधा घण्टा पकाउनुपर्छ । त्यसपछि विरयानी तयार हुन्छ । त्यसमा भुटेको काजु पनि राख्न सकिन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *