Uncategorized

इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजयः रौहानी

२९ असोज, काठमाडौं । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिका आफ्नो देशसँग पराजित भएको टिप्पणी गरेका छन् ।

अमेरिका इरानसँगको आणविक सम्झौताबाट पछि हटेको उल्लेख गर्दै उनले त्यसलाई अमेरिकाको पराजयको संज्ञा दिए ।

अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको रौहानीको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय जिम्मेवारीवोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ’, तेहरानस्थित एक विश्वविद्यालयमा सम्बोधनका क्रममा रौहानीले भने, ‘तर, हामीहरू सफल बनेका छौँ ।’

वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ भन्दै आइरहेका छन् ।

अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *