२८ असाेज, काठमाडौं । एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले दशैं-तिहारको आगमनसँगै एलजी को ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ ।
साथै ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि अत्याधिक रहेको कम्पनी बताउँछ ।
एलजीको युएचडी टिभीहरुमा निम्न लिखित विशेषता रहेका कारणले गर्दा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै कम्पनीले भनेकाे छ ।
कम्पनीका अनुसार उल्लेखित टिभीमा निम्न सुविधा छन्ः
१) फोरके पिक्चर डिस्प्ले– फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर
२) म्याजिक मोसन रिमोट कन्ट्रोल– कम्प्युटरको माउस जसरी चलाउन सकिने
३) २० वाट साउण्ड– ठुलो र स्तरीय आवाज
४) फ्रि नेट टिभी– विना तार र सेटप बक्स ३ महिना सम्म फ्रि मा नेट टि.भी. चलाउन सकिने
५) वेबअएसो, सजिलो अपरेटिङ सिस्टम
उल्लेखित साईजका टिभीहरु सुलभ मुल्यमा बजारमा उपलब्ध छन्, जसमा ६५ इन्चको ग्राहक मूल्य २,६७,९९०, ५५ इच्नको १,६१,९९०, ४९ इन्चको १,३७,९९० र ४३ इन्चको ८८,९९० रहेको बताइएकाे छ ।
साथै यी टिभीहरुमा आकर्षक हात खाली नहुने उपहारहरु पनि पाईने कम्पनीले जनाएकाे छ ।



