२८ असोज, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको हो ।
इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेले सोही नगरपालिकाको वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।
सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजिकरण गरी छोडिदिने सर्तमा सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारले बताएको छ ।
पक्राउ परेका दुबैको थप अनुसन्धान सुरु गरिएको छ ।



