Uncategorized

कोलोराडोमा दशैं-तिहार सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

२८ असोज, अमेरिका (कोलोराडो) । हिन्दुहरुको दशै र तिहारको अवसरमा अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले शनीबार साँझ सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा प्राध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतित्थ्यता तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको बिशेष आतिथ्यतामा गायक दिपेशकीशोर भट्टराई तथा स्थानीय कलाकारहरुका माझ बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलबाट पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा कोलोराडोमा सकि्रय संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, व्यावसायी, बुद्धिजीवि, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरिकीहरु तथा सर्बसाधारणको उपस्थिति रहेको थियो ।

मातृभूमि नेपाल र कर्मभूमी अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमा संस्थाका महासचिव टिका पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि लुइटेलले दशैं तिहार र छटको शुभकामना दिदै, नेपालदेखि यति टाढा आएर बसोबास गरेरपनि नेपालको धर्म संस्कृतिलाई निरन्तरता दिइ संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए ।

उनले मातृभूमिलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गरे । त्यस्तै अध्यक्ष बिनोद त्रिपाठीले महानचाडको उपलक्ष्यमा सबैलाई शुभकामना दिदैं अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

साँझ साडे ७ बजे सुरु भइ ९ बजेसम्म संचालन भएको कार्यक्रममा गायक दिपेशकिशोर भट्टराई सम्झना पाण्डे, इशा कार्की, दिनेश कार्कीलगायतका कलाकारले सुमधुर गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

त्यस्तैगरी गीता कठायत, प्रज्ञा गहतराज, ज्योती सुनुवार, श्रीका आचार्य, अभ्यास भट्टराई, अनिसा भट्टराई लगायतका कलाकारले बिभन्नि गीतमा सुन्दर नृत्य प्रदर्सनगरी मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा गायन तथा नृत्यमा भागलिने सबै कलाकारहरुलाई प्रमुख अतिथि र संस्थाका अध्यक्षबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अथिति र बिशेष अतिथिलाई अध्यक्ष बिनोद त्रिपाठीले खादा पहिराई सम्मान गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष मणि बस्नेतले संचालन गरेका थिए ।

कार्यक्रम नेपालीहरुको दोश्रो ठूलो चहाड तिहारको झल्को दिने देउसी, भैलो खेल्दै टुङ्ग्याइएको थियो । सहभागीहरुलाई खसीको मासु, सेलरोटी सहितको स्वादिष्ट भोजन उपलब्ध थियो ।

   

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *