Banner News

गाउँपालिका अध्यक्षविरुद्ध संघर्ष समिति बन्यो, आजै ज्ञापनपत्र बुझाइने

असोज २८, रोल्पा । सुकिदह उर्फ गंगादेव गाउँपालिका प्रमुख बिर बहादुर खत्री बिरुद्द गाउँपालिकाका ९ वटा बिद्यालय सम्मिलित संघर्ष समिति बनेको छ । ९ वटा बिद्यालयका बिव्यस अध्यक्ष र प्रधानाध्यापक सहित १८ जनाको संघर्ष समिति निर्माण भएको संयोजक धर्म बहादुर डाँगीले पोष्ट पाटीलाई बताए ।

प्रमुख बिर बहादुर खत्री

पाखापानी फुलबासमा २६ गते बसेको बैठक द्वारा संघर्ष समितिले धर्म बहादुर डाँगीलाई संयोजक तोकेको थियो । डाँगी ज्ञान कुन्ज प्रावि गङ्गादेव वडा नम्बर १ को बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हुन् ।

गाउँ पालिका प्रमुख बिर बहादुर खत्रीले प्राथामिक बिद्यालय करार शिक्षक नियुक्तिमा हस्तक्षेप गरेको बिषयलाई लिएर आज लिवाङ स्थित जिल्ला शिक्षा कार्यलय, सिडियो कार्यलय र जिल्ला समन्व समिति कार्यालयमा बुझाउने कार्यक्रम रहेको संघर्ष समिति संयोजक डाँगीले बताएका छन् ।

शिक्षा नियमावली २०५९ को ९६ क. शिक्षक छनौट समितिको विधिगत नभएर गाउँपालिकाले हस्तक्षेप गरेको, गाउँपालिका शिक्षा प्रमुखलाई समेत शिक्षक छनौट समितिमा उपस्थिति नगराई परिक्षा बनाएकोले उक्त परीक्षाको खारेज गरि पुनः शिक्षा नियमावलीको बिधि अनुरुप परिक्षा बनाउन ज्ञापनपत्र बुझाउन लागेको डाँगीले बताए ।

जिल्ला शिक्षा कार्यलय द्वारा सुनुवाई नभए उच्च अदालत दाङ तुलसीपुर सम्म पुग्ने संयोजक डाँगीले बताएका छन् ।

जिल्ला समन्वय समितिको पहलमा शिक्षा बिभागले प्राथमिक तहमा सिक्षण सिकाई सुधार अन्तर्गत अनुदान कोटा दिएको थियो । उक्त कोटामा शिक्षक छनौट समिति आफ्नो पहुँचमा निर्माणगरि आन्तरिक सेटिंग मिलाएर आफु निकटका शिक्षकहरुलाई सामुदायिक बिद्यालयमा जागिर खुवाउन लिखितमा नाम निकालेको भन्दै यस अघि ९ वटै बिद्यालयले मौखिक परिक्षा बहिस्कार गरेका थिए ।

१३ वटा बिद्यालय अन्तरगतका ९ वटा बिद्यालयले करार शिक्षक नियुक्ति बिषयलाई लिएर मौखिक परिक्षा बहिष्कार गरेका थिए ।

सम्बन्धित समाचार पढ्नुस 
गाउँपालिका अध्यक्षविरुद्ध उत्रिए विद्यालय, शिक्षक नियुक्तिमा चलखेल गरेको गम्भीर आरोप

 

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *