Uncategorized

हिमआँधीमा मृत्यु भएका ८ जनाको शवलाई आजै काठमाडौं ल्याइँदै

२८ असोज, काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ ।

आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिसकिएको छ ।

‘६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ’, मगरले भने, ‘अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’

दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको प्रहरीले जनाएको छ ।






यो पनि पढ्नुहोस
गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता

‘गुर्जु गाउँमा हेलिप्याड पनि छ, त्यहीँ शवको मुचुल्का गर्ने क्रममा पनि थालिएको छ’, मगरले थपे, ‘मुचुल्कापछि आजै शवलाई काठमाडौं पठाउने तयारी गरेका छौं ।’

उनका अनुसार मृतक ८ जनाको शवलार्इ काठमाडौं ल्याइनेछ भने एक जना म्याग्दीकै भएकाले त्यहीँ जिम्मा लगाइनेछ ।

यसअघि काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।

गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *